धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षणमा २३ जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा २३ जनामा कोरोना पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा थप २३ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार बिहीबार अस्पतालमा ९७ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी बिहीबार सेती अस्पतालमा उपचाररत २ जना विरामी निकोभएर घर गएका छन् भने ३ जना भर्ना भएका छन् । हाल सेती प्रादेशिक अस्पतालमा २८ जना कोरोना संक्रमित उपचार गराइरहेका छन् । ती मध्य ४ जनाको आइसियुमा र २ जनाको भेण्टिलेटरमा उपचार इरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।