धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सुदूरपश्चिममा टेलिकमका ८५ टावर सोलरको भरमा सञ्चालन

सुदूरपश्चिममा टेलिकमका  ८५ टावर सोलरको भरमा सञ्चालन

धनगढी । विद्युतको राष्ट्रिय प्रशासरण लाईन विस्तार हुन नसक्दा सुदूरपश्चिम प्रदेशका ८५ वटा टावरलाई सोलारबाट चार्ज गरेर नेटवर्क प्रशारण गर्ने गरिएको छ ।

तर लामो समय बर्षा हुने वा बादल लागेमा भने सोलार चार्ज नहुँदा नेटवर्क विच्छेद हुने र नागरिक सञ्चार सेवाबाट बञ्चित हुनेगरेका छन् । सवैठाउँमा विद्युत प्रशासरण नहुँदा टेलिकमले निर्माण गरेका टावर सोलारबाट चार्ज गर्नुपर्ने बाध्यता रहेको नेपाल टेलिकम क्षेत्रिय कार्यालय अत्तरियाले जनाएको छ ।

खास गरी प्रदेशका पहाडी जिल्लामा रहेका सवै टावर सोलारको माध्यामबाट चार्ज गरेर टेलिकमले नेटवर्क प्रशारण गरिरहेको छ । तर लगातार बर्षा हुँदा वा मौसममा बदली हुँदा टावर चार्ज नहुने समस्या रहेको छ ।

नेपाल टेलिकम क्षेत्रिय कार्यालय अत्तरिया कैलालीका अनुसार बर्षा याममा पहाडी क्षेत्रमा टावर जाने समस्या बढी हुने गरेको छ । पहाडी क्षेत्रमा बर्षा भइरहने र अधिकांस समय बदली भइरहन्छ क्षेत्रिय कार्यालय अत्तरियाका इन्जिनियर तिलक धामीले भने–‘बदली हुँदा टावर चार्ज हुँदैनन् र बिटिएस प्राणाली बन्द हुन्छ, जसका कारण नागरिक सञ्चार सेवाबाट बञ्चित हुनेगरेका छन् । यो समस्या सुदूरपशिचम प्रदेशको कञ्चनपुर बाहेक ८ वटै जिल्लामा रहेको छ ।

इन्जिनियर धामीका अनुसार पहाडी जिल्ला संगै सुदूरपश्चिमको सुगम जिल्ला कैलालीको पहाडी भूभागका निर्माण गरिएका टावरलाई समेत सोलारकै माध्यामबाट चार्ज गर्नुपर्ने बाध्यता रहेको छ । कैलालकिो चुरे र मोहन्याल गाउँपालिकामा गरी ३ वटा टावर सोलारको भरमा चार्ज हुने गरेका छन् ।