धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिमका थप ३९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिमका थप ३९ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशका थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको पिसिआर परिक्षणमा २९ र एन्टिजेन परिक्षणमा १० गरी ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार बिहीबार १ सय ३५ जनाको पिसिआर विधीबाट र ७ सय ९१ जनाको एन्टिजेन विधिबाट कारोना परिक्षण गरिएको थियो । यो संगै सुदूरपश्चिम प्रदेशमा कारोना संक्रमण हुनेको कुल संख्या ४५ हजार ६ सय २२ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ३६ जना संक्रमण निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण निकोहुनेको कुल संख्या ४४ हजार ८ सय १४ रहेको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण हाल सम्म ५ सय ७९ जनाको मृत्यु भएको छ । बिहीबार भने संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ ।