धनगढी पोष्ट
बिहिबार, ११ असार २०७७ मा प्रकाशित
काठमाडौँ
कोरोना भाइरसको संक्रमणका कारण पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ । बिहीबार पाटन अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
केही दिन अघि मात्र मिर्गौला प्रत्यारोपण गरिएका उनलाई संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आज दिउसो उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
यस्तै बुधबार राती मात्रै पोखरामा उपचाररत स्याङ्जाका ५५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।