धनगढी पोष्ट
शुक्रबार, २९ साउन २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षण्मा थप ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
शुक्रबार अस्पतालमा गरिएको १ सय ५१ जनाको पिसिआर परिक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको अस्पतालमा सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
उनका अनुसार हाल सेती प्रादेशिक अस्पतालमा २९ जना उपचार गराई रहेका छन् । उपचार गराइरहेका मध्य ५ जनाको आइसियुमा र २ जनाको भेण्टिलेटर कक्षमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्टले बताए ।