धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

अझै दुई दिन बर्षा हुने अनुमान

अझै दुई दिन बर्षा हुने अनुमान

धनगढी । कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिममा बिहीबार देखी जारी बर्षा आगामी दुई दिनसम्म कायमै रहने मौसम विदको अनुमानछ ।

जल तथा मौसम पूर्वानुमान महाँशाखा काठमाण्डौंका मौसम विद बरुण पौडेलका अनुसार आगामी दुई दिन कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिममा मध्यम देखी भारी बर्षाको सम्भावना रहेको छ । कैलाली कञ्चनपुरमा बिहीबार जस्तै मध्यम बर्षा भएपनि बैतडी लगायत पहाडी क्षेत्रमा भारी बर्षाको सम्भावना रहेको मौसम विद पौडेलले बताए ।

उनका अनुसार आइतबार मौसममा केही सुधार भएपनि सोमबार देखी सुदूरपश्चिम लगायत देशभर फेरी बर्षा हुने अनुमान गरिएको छ । पश्चिमी बंगालबाट आएको न्यून चापिए मनसुन सक्रिय हुँदा सोमबार देखी फेरी देशभर बर्षा हुने उनले बताए । सोमबार देखी आगामी शाता भरीनै देशभर बर्षा हुने अनुमान गरिएको छ मौसम विद पौडेलले भने–‘दाङ सम्म भारी बर्षा हुनेछ, सुदूरपश्चिममा भने औषत बर्षा हुने अनुमान छ ।