धनगढी पोष्ट
शुक्रबार, २९ साउन २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार गरिएको पिसिआर परिक्षणमा ५१ र एन्टिजेन गरिक्षणमा १० गरी ६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्देशनालयद्वारा जारी तथ्याङ्क अनुसार शुक्रबार २ सय २३ जनाको पिसिआर विधिबाट र ७ सय ७२ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण हुनेको कुल संख्या ४५ हजार ६ सय ८३ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ३६ जना कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या ४४ हजार ८ सय ५० पुगेको छ । हाल सम्म सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमणका कारण ५ सय ७९ जनाको मृत्यु भएको छ ।