धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

बैतडीमा कोभीशिल्डको दोश्रो खोप लगाइदै

बैतडीमा कोभीशिल्डको दोश्रो खोप लगाइदै

धनगढी । बैतडीमा ६ महिना अघि कोभीशिल्डको पहिलो खोप लगाएका १६ हजार १ सय ९६ नागरिलाई भोली (आइतबार) देखी कोरोना विरुद्धको दोश्रो डोज खोप लगाइने भएको छ ।

भारत सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको कोभिसिल्डको पहिलो खोप लगाएका जेष्ठ नागरिक तथा अन्य व्यक्तिलाई दोश्रो खोपको रुपमा जापान सरकार र भुटान सरकारले उपलब्ध गराएको एस्ट्रोजोनिक खोप लगाइने छ । एस्ट्रोजोनिक खोप यही साउन १६ र १७ गते नेपाल भित्रिएको थियो ।

कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएका नागरिकका लागि दोश्रो मात्रा दिइने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए ।

यसअघि कोभीशिल्डको खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोश्रो मात्राका एस्ट्राजेनिका खोपको व्यवस्था गरिएको उनले बताए । कोभीशिल्ड र एस्ट्रजेनिका एउटै खोप भएकाले कोभीशिल्ड लगाएकाहरुलाई दोश्रो मात्रा एस्ट्राजेनिका खोप दिइने उनले बताए ।

उनका अनुसार साउन ३१ र ३२ गते जिल्लाका पाँच स्थानीय तह दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।

डिलाशैनी गाउँपालिकामा भने साउन ३२ र भदौ १ गते खोप अभियान सञ्चालन गरिने जनाइएको छ । यस्तै पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकामा भदौ १ र २ गते खोप अभियान सञ्चालन हुने सुपरभाइजर निरिक्षक भट्टले बताए । खोप लगाउन जाँदा