धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षणमा ६ जनामा संक्रमण पुष्टि

सेतीको परिक्षणमा ६ जनामा संक्रमण पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको ८५ जनाको पिसिआर परिक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार शनिबार ३ जना विरामी निकोभएर घरगएका छन् भने ३ जना अस्पताल भर्ना भएका छन् । हाल सेती अस्पतालमा २९ जना संक्रमितको उपचार भइरहेकोमा २ जनाको आइसियु र १ जनाको भेण्टिलेटर कक्षमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्टले बताए ।