धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

कैलालीमा कोरोनाका बढी सक्रिय संक्रमित

कैलालीमा कोरोनाका बढी सक्रिय संक्रमित

धनगढी । कोरोना सक्रमण दर बढ्दै जाँदा सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या समेत बढ्न थालेकोछ ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार सुदूरपशिचम प्रदेशमा शुक्रबार सम्म कोरोनाका ३ सय ५४ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमति हुने जिल्लामा कैलाली पहिलो स्थानमा रहेको छ । निर्देशनालयका अनुसार कैलालीमा मात्रै १ सय ९८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । कैलाली पछि कञ्चनपुरमा बढी सक्रिय संक्रमित रहेका छन् ।

कञ्चनपुरमा शुक्रबार सम्म ८५ जना सक्रिय संक्रमित रहेका छन् । यसैगरी डडेल्धुरामा ३० जना सक्रिय संक्रमित रहेका छन् । डोटीमा १० जना सक्रिय संक्रमित छन्, भने बैतडीमा १३, अछाममा ५, बझाङ र बाजुरामा २÷२ जना तथा दार्चुलामा ५ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणका कारण सुदूरपश्चिममा सवै भन्दा बढी मृत्यु हुने जिल्ला पनि कैलालीनै रहेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार सम्म कैलालीमा १ सय ५८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

यसैगरी कञ्चनपुरमा १ सय ४, डडेल्धुरामा २०, बैतडीमा १४, डोटीमा १२, बझाङमा ८, बाजुरमा ५, अछाममा ७ र दार्चुलामा ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।