धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कान्द्र नदीले हुलाकी सडक बगायो

कान्द्र नदीले हुलाकी सडक बगायो

धनगढी । कैलालीको कान्द्र नदीमा आएको बाढीका कारण धनगढी टिकापुर जोड्ने हुलाकी राजमार्गमा क्षेति पुगेको छ ।

स्थानीयका अनुसार कान्द्रा नदीमा आएको बाढीका कारण कम्तिमा ९० मिटर सम्म सडक बगेको छ । सडक बगेपछि कैलालीको भजनी स्थित नदी वारी रहेका लालबोझि वासीलाई आवतजावतमा समस्या भएको छ । कान्द्रा नदीका कारण भजनी जान नसक्ने स्थानीयलाई व्यवपार व्यवसाय, उपचारकालागि धनगढी आउनुपर्ने हुन्छ भजनी७ लालबोझिका स्थानीय रामप्रसाद डगौराले भने–‘नदीले सडक बगाएपछि हामी झनै समस्यामा परेका छौं ।

उनका अनुसार लालबोझिको दक्षिण पुर्वि क्षेत्रमा पर्ने करिव ९० मिटर सडक नदीले बगाएको छ, भने अझै पनि सडक भाँसिने क्रम जारी छ । सडक बगेसंगै नदी कटान तिब्र बनेको र त्यसले गाउँसमेत असुरक्षित बनेको उनी बताउँछन् । नदीले तिब्र कटान गरिरहेको छ उनले भने–‘यसरीनै कटान भए एकदुई दिनमा बस्ती बग्नसक्दछ ।

स्थानीयका अनुसार यस अघि पनि नदीले सडक बगाउने गरेको थियो । तर तट्बन्धन गरेपछि कटान रोकिँदा सडक जोगिएको थियो स्थानी रमेश डगौराले भने–‘यस पटक फेरी सडकमा क्षेति पुगेको छ, अव गाउँमा समेत क्षेति पुग्न सक्दछ । तट्बन्धन गरेर जोगाइएको सडक यसपटक तट्बन्धन समेत भत्किए पछि बढी क्षेती भएको उनी बताउँछन् ।

हुलाकी सडक कार्यालय धनगढीका इन्जिनियर पदम मडैले पनि लगातारको बर्षापछि हुलाकी सडक अण्ड अन्तरगत लालबोझि खण्ड कान्द्रा नदीले बगाएको बताए । उनले नदी तट्बन्धन गरिएको ठाउँमा सडक सुरक्षित भएपनि तट्बन्धन गर्न बाँकी रहेको स्थानको सडक बगेको बताए ।

अहिले सडक बगेको स्थानमा यसैबर्ष देखी तट्बन्धन गर्ने योजना थियो उनले भने–‘ डिपिआर तयार भइसकेको हुँदा त्यही स्थानमा नदीलाई सुरक्षित बनाएर फेरी सडक निर्माण गरिनेछ ।

धनगढी टिकापुर ६२ किलोमिटर हुलाकी सडक भारत सरकारले २०७३ मा निर्माण सम्मन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । भारत सरकारले एक तर्फि सडक निर्माण गरेकोमा अहिले केही स्थानमा ४ लेन र बाँकी स्थान २ लेन बनाउने गरी काम भइरहेकोछ ।