धनगढी पोष्ट
आइतबार, ३१ साउन २०७८ मा प्रकाशित
धनगढी । ६३ वर्षीया बृद्धामाथि बलात्कार प्रयास गरेको आरोपमा कैलालीबाट प्रहरीले एक जना २३ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिकामा २३ बर्षीय युवक नविन चौधरी रहेका छन् । ती युकवले ६३ बर्षिया महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोप पछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले बताए ।
पक्राउ परेका युवक माथी जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको शाहीले बताए ।