धनगढी पोष्ट
आइतबार, ३१ साउन २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिममा आइतबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार आइतबार गरिएको पिसिआर परिक्षणमा १० र एन्टिजेन परिक्षणमा ६ गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार आइतबार देखीएका संक्रमित मध्य १५ जना कञ्चनपुरका छन्, भने १ जना कैलालीका नागरिक छन् । आइतबार कञ्चनपुरमा गरिएको पिसिआर परिक्षणमा १० जना र एनिटजेन परिक्षणमा ५ गरी १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्देशनालयका अनुसार आइतबार ४२ जनाको पिसिआर विधिबाट र ९ सय ७६ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो । आइतबार संक्रमण पुष्टि भएका १६ जनासंगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४५ हजार ७ सय १७ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार सुदूरपश्चिमका विभिन्न अस्पतालमा उपचाररत ३७ जना संक्रमित कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना निको हुनेको कुल संख्या ४४ हजार ९ सय ४८ पुगेको छ ।
आइतबार सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मत्यु भएको छ । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ५ सय ८० पुगेको छ ।