धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बाजुरामा सुख्खा पहिरो, कर्णाली थुनिने चिन्ता

बाजुरामा सुख्खा पहिरो, कर्णाली थुनिने चिन्ता

धनगढी । बाजुराको स्वामीकार्तिक गाउँपालिका स्थित साप्टामा लगातार सुख्खा पहिरो खस्दा कर्णाली नदी थुनीने खतरा बढेको छ ।

स्वामीकार्तिक गाउँपालिका१ साप्पाटाको छुद्दरी गाउँमा विगत ३ दिन देखी सुख्खा पहिरो खसेर कर्णालीमा जम्मा हुनथालेको स्थानीयले बताएका छन् । लगातार पहिरो खसेर कर्णालीमा जम्मा हुन थालेपछि नदी थुनिने खतरा बढेको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए । कर्णाली थुनिएमा तल्लो क्षेत्रमा रहेका वस्ती संगै गाउँपालिका कार्यालय र प्रहरी चौकि जोखिममा पर्नेछन्् उनले भने–‘नदी थुनिएमा ठुलो क्षेति हुन सक्दछ ।

गाउँको मुनिबाट दुई दिनदेखि निरन्तर पहिरो खस्न थालेको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारिपट्टि रहेको भिरमा पहिरो खस्न थालेपछि नदी थुनिने खतरासँगै गाउँपालिका केन्द्रमा समेत जोखिम बढेको उनको भनाई छ ।

लगातार तीन दिनदेखि पहिरो आउने क्रम जारी रहेकाले जुड्डी आसपासका क्षेत्रमा जोखिम बढेको छ उनले भने–‘पहिरोका कारण रूणी गाउँका १ सय ५० घरधुरी उच्च जोखिममा रहेका छन् ।

स्थानीयवासी नन्दबहादुर खत्रीलेका अनुसार जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारिपट्टिबाट लगातार पहिरो बगेका कारण कर्णाली नदी थुनीन सक्ने खतरा बढेको हो । उनका अनुसार सुक्खा पहिरो संगै ठूला ढुङ्गा नदीमा जम्मा हुनथालेका छन् ।