धनगढी पोष्ट शनिबार, १९ पुष २०८२   January 3, 2026

अख्तियारद्धारा प्रहरी निरीक्षक  कार्की र कानुन व्यवसायी बिष्ट पक्राउ

धनगढी,

  जवरजस्तीकरणी सम्बन्धी मुद्धा सार्वजनिक हित विरुद्धको मुद्धा मिलाईदिने भन्दै ५० हजार घुस लिने  क्रममा  प्रहरी निरिक्षक     कानून व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय कैलाली मुद्धाफाँटमा कार्यरत प्रहरी निरिक्षक प्रकाश कार्कि कानून व्यवसायी हिमालय विक्रम विष्ट रहेका छन्

 कानून व्यवसायी हिमालय बिक्रम विष्टको निजी कानूनी परामर्श केन्द्रमा दिउँसोको समयमा दुई वटा मुद्धा मिलाई दिने भन्दै ५० हजार घुस लिदै गरेको अवस्थामा दुबै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले बताए

   उनका अनुसार कानुन व्यवसायी विष्टले बिचौलीयाको भूमीका खेलेको घुस रकम बुझ्न प्रहरी निरिक्षक विष्ट पनि कानून व्यवसायी संघकै फर्ममा पुगेका थिए