धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सुदूरपश्चिममा १ हजार १३९ घरेलु हिंसा

सुदूरपश्चिममा १ हजार १३९ घरेलु हिंसा

धनगढी । आर्थिक बर्ष २०७७÷०७८ मा सुदूरपश्चिम प्रदेशमा १ हजार १ सय ३९ घरेलु हिंसा घटेका छन् ।

नेपाल प्रहरी केन्द्रिय तथ्याङ्क विभागले सार्वजनि गरेको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा प्रदेश नम्बर२ मा सवै भन्दा बढी घरेलु हिंसा भएका छन् । घरेलु हिंसा हुने प्रदेशमा लुम्बिनी दोश्रो , प्रदेश नम्बर१ तेश्रो, स्थानमा रहँदा सुदूरपश्चिम प्रदेश चौथो स्थानमा रहेको छ ।

प्रहरीको केनिद्रय तथ्याङ्क अनुसार प्रदेश नम्बर २ मा ३ हजार ५ सय ५६, लुमिबनी प्रदेशमा २ हजार ३ सय १८, प्रदेश नम्बर १ मा १ हजार २ सय ८०, गण्डकी प्रदेशमा १ हजार १ सय ९६, सुदूरपश्चिम प्रदेशमा १ हजार १ सय ३९, बागमती प्रदेशमा १ हजार १ सय २६ र कर्णाली प्रदेशमा ८ सय ७२ घरेलु हिंसा गत आर्थिक बर्षमा घटेका छन् ।

आर्थिक वर्ष २०७७७८ मा देशभर कुल १४ हजार २ सय ३२ घरेलु हिंसाका भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।