धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षणमा २१ जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा २१ जनामा कोरोना पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा  थप २१ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा सोमबार १ सय ५५ जनाको स्वाव परिक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । संक्रमण पुष्टि हुनेमा १३ पुरुष र ८ जना महिला रहेका छन् ।

अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार आइतबार सेती अस्पतालमा संक्रमण पुष्टि भएका मध्य १६ जना धनगढीका र २ जना धनगढी बाहिर कैलालीका रहेका तथा ३ जना अन्य जिल्लाका हुन् ।

आइतबार सेती प्रादेशिक अस्पतामला उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ, भने ३ जना कोरोना निकोभएर घर गएका छन् ।