धनगढी पोष्ट
सोमबार, ३२ साउन २०७८ मा प्रकाशित
धनगढी । कैलालीमा जारी निषेधाज्ञा १० दिन सम्मका लागि थपिएको छ ।
सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिले यस अघिकै नियमलाई यथावत राख्दै १० दिन सम्म निषेधाज्ञा थप्ने निर्णय गरेकोहो ।
समितिको सोमबार बसेको बैठकले मास्क नलगाउनेलाई अनिवार्य १ सय रुपैया जरिवाना गर्ने निर्णय समेत गरेको छ । बैठकले मंगलबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मास्क लगाए नलगाएको हेर्न बजार अबलोकन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । ‘मंगलबार (भोली) देखीनै मास्क नलगाएका लाई एक सय जरिवाना गर्ने निर्णय गरिएको छ’ उनले भने–‘प्रहरीले मास्क नलगाएको देखे जरिवाना तिराउन सक्नेछ ।’ कोरोना संक्रमण नियन्त्रणका लागि मास्क अनिवार्य गरिएको उनले बताए ।