धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025
पहिलो दिन सम्झाउँदै प्रहरी

कैलाली मास्क लगाउने अभियान

कैलाली मास्क लगाउने अभियान

धनगढी । कोरोना नियन्त्रण तथा रोकथामका लागि आज देखी लागु भएको अनिवार्य मास्क अभियान अन्तरगत प्रहरीले पहिलो दिन सवैलाई मास्क लगाउत आग्रह गर्न थालेको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिले मंगलबार देखी मास्क नलगाउनेलाई एक सय जरिवाना गर्न प्रहरीलाई अधिकार दिएपनि पहिलो दिन सम्झाई बुझाइ गर्न थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले बताए । हामी पहिलो दिन सवैलाई अनिवार्य मास्क लगाउन सम्झाईबुझाई गछौं प्रहरी प्रमुख अधिकारीले भने–‘दोश्रो दिन देखी कसैले मास्क नलगाए जरिवाना तिराइनेछ ।

सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना यिन्त्रण गर्न मास्क अनिवार्य गर्ने निर्याय गरेको थियो । निषेधाज्ञालाई थप १० दिन लम्ब्याउने निर्णय समेत बैठकले गरेको थियो ।

सोमबार जारी आदेशमा जल्लिामा कोरोना संक्रमणको तेस्रो लहरको सम्भावना रहेको तथा मास्क नलागाई हिडडुल गर्ने प्रवृती बढेको पाइएकोले सार्वजनकि स्थानमा हिडडुल गर्ने सर्वसाधारणलाई अनविार्य मास्क प्रयोग गर्न आग्रह गरएिको छ । मास्क नलगाई हिड्ने व्यक्तलिाई जरबिाना गर्ने प्रावधानलाई आजबाट कडाइका साथ लागू गरिने प्रमुख जल्लिा अधकिारीद्वारा जारी आदेशमा उल्लेख छ ।