धनगढी पोष्ट
मङ्गलबार, ०१ भदौ २०७८ मा प्रकाशित
धनगढी । त्रिनगर प्रहरी चौकी धनगढीले भारतबाट अबैधरुपमा भित्र्याइने क्रममा बरामद गरिएको सामाग्री त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाएको छ ।
भन्सार छलिगरेर नेपाल भित्र्याइएका सामाग्रीमा चीनी, सुट पिस, मैदा, गुट्का, बिडी, मोबाईल चार्जर लगायतमा सामाग्री सोमबार त्रिनगर भन्सार कार्यालयमा बुझाइएको हो ।
त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक रमेशबहादुर शाहीका अनुसार बरामद गरिएका सामाग्रीको मुल्य करिव ३ लाख रहेको छ । प्रहरीको नियमित चेकजाँच, छड्के चेकजाँच तथा गस्तीका क्रममा अवैधरुपमा भित्र्याइएका सामाग्री बरामद गरिएको उनले बताए ।