धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षण्मा ११ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षण्मा ११ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ ।

मंगलबार अस्पतालमा गरिएको १ सय २ जनाको स्वाव परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

उनका अनुसार मंगलबार थप १ जना संक्रमित उपचारका लागि सेती प्रादेशकि अस्पताल भर्ना भएका छन् । यो संगै अस्पतालमा उपचार गराउनेको संख्या १९ पुगेको छ । ती मध्य ४ जनाको आइसियुमा राखेर उपचार भइरहेको सुचना अधिकारी श्रेष्ठले बताए ।