धनगढी पोष्ट
मङ्गलबार, ०१ भदौ २०७८ मा प्रकाशित
धनगढी । भारतबाट नेपाल आएका एक जनाको गौरिफण्टा नाकामा मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका ५२ वर्षीय खडकबहादुर शाह रहेका छन् । भारतको खटिमाबाट उपचार गराएर आफु घरफर्किन लागेको उनले नाकाका सुरक्षाकर्मीलाई बताएका थिए ।
सोधपुछका क्रममा उनले आफू बिरामी भएको र आफूलाई अस्पताल लगिदिन प्रहरीलाई आग्रह गरेका थिए । उनको आग्रहपछि प्रहरीले धनगढीस्तिथ सेती प्रादेशिक अस्पतालमा खबर गरेर एम्बुलेन्स मगाउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव परिवारलाई बुझाउने तयारी भइरहेको त्रिनगर प्रहरी चौकिका इन्चार्ज रमेश शाहीले बताए ।