धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024
दार्चुला तुईन प्रकरण

भारतीय एसएसबीले तुइन खुस्काएको निष्कर्ष

भारतीय एसएसबीले तुइन खुस्काएको निष्कर्ष
छानविनका लागि व्यास पुगेको टोली । फाइल फोटो

धनगढी । भारतीय एसएसबिले तुइनको लठ्ठा निकालेपछि दार्चुलाको व्यास गाउँपालिका२ का जयसिह धामी महाँकालीमा वेपत्ताभएको छानविन समितिले निष्कर्ष निकोलेको छ ।

घटना पछि गृहमन्त्रालयले गठन गरेको छानविन टोलीले भारतीय पक्षले तुईको लठ्ठा खसालेपछि ३५ बर्षिय जयसिंह धामी महाँकालीमा खसेको निष्कर्ष निकालेकोहो । यद्धपि छानविन समितिले सो प्रतिवेलन सार्वजनिक भने गरेको छैन । ८ दिन दार्चुला र दुई दिन महाकली तटिय क्षेत्रका जिल्लामा अध्ययन गरेर काठमाडौँ फर्किएको टोलीले भारतीय पक्षका कारण धामी महाकालीमा बेपत्ता भएको निष्कर्ष निकालेको हो ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजक रहेको छानबिन समितिले अहिले छानबिन प्रतिवेदन तयार पारिरहेको छ ।

टोलीमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य छन् ।

छानविन समितिले प्रतिवेन पूर्णरुपमा तयार नभएको भन्दै थप १ साताका लागि समय थप गरेको छ । समितिलाई सुरुमा १० दिनको समय दिइएकोमा तियो । समय अपुग भएको भन्दै समितिले २ पटक गरी १५ दिन थप समय मागेको छ । गृहमन्त्री बालकृष्ण खाँणले बुधबारबाट लागू हुने गरी समितिको म्याद दोस्रो पटक एक साता थपेका हुन् ।

मालघाटगस्कु जोड्ने तुइन तरेर धामी भारत जान लाग्दा गत साउन १५ मा बेपत्ता भएका थिए। घटना हुँदा मालघाटमै रहेका प्रत्यक्षदर्शीहरूले एसएसबीका जवानले तुइन फुकालेपछि धामी भेलमा खसेको बताउँदै आएका थिए ।