धनगढी पोष्ट
बुधबार, ०२ भदौ २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको छ ।
बुधबार अस्पतालमा गरिएको १ सय ६४ जनाको कोरोना परिक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार बुधबार १ जना कोरोना संक्रमति निकोभएर घर गएका छन् ।
हाल सेती प्रादेशिक अस्पताललको कोारेना अस्पतालमा १८ जना संक्रमित उपचाररत छन् । ती मध्य ४ जनाको आईसियु कक्ष र १ जनाको भेन्टिलेटर कक्षमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।