धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

गेटा मेडिकल कलेज सञ्चालनमा दवाव दिने साझा सहमति

गेटा मेडिकल कलेज सञ्चालनमा दवाव दिने साझा सहमति

 

धनगढी । प्रस्तावित निर्माणधिन गेटा मेडिकल कलेज सञ्चालनकालागि दवाव दिन कैलालीका सवै राजनीतिक दल तथा नागरिक अगुवा विच एक जुट हुने सहमति भएको छ ।

बुधबार कैलाली उद्योग वाणिजयसंघको पहलमा आयोजित सर्वदलिय, सर्वपक्षिय छलफलमा सहभागिहरुले प्रस्तावित मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन एकजुट भएर केन्द्रलाई दवाद दिने सहमति गरेका हुन् ।

प्रस्ताविक मेडिकल कलेज अन्तरगत भौतिक संरचना निर्माणकार्य सम्पन्न भएपनि कलेज सञ्चालनमा राज्यले ध्यान नदिएको भन्दै सवैले केन्द्रलाई दवाव दिनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।

प्रस्तावित गुटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका अध्यक्ष डाक्टर चेतराज पन्तले भौतिक संरचना निर्माणको काम सम्मन्न भएको बताए । उनले भवनबाट निस्कने पानीको व्यवस्थापन र वत्ति जडान कार्यमात्रै हुन बाँकी रहेको बताए । भौतिक संरचना निर्माण कार्य अन्तिमचरणमा पुगेपनि कसरी सञ्चालन गर्ने भन्ने अन्योल कायमै रहेको छ उनले भने–‘यस्तो अवस्थामा राज्यलाई दवाद दिनु आवश्यक छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्टार डाक्टर हेमराज पन्तले सुदूरपश्चिमका सवै प्रदेशसभा सदस्य र प्रदेशका मन्त्रीलाई कलेजको अवधारणबारे विज्ञटोली गठन गरी प्रष्टपार्न आग्रहगरे ।

सवैभन्दा पहिला यसलाई कलेज बनाउने वा प्रतिष्ठान बनाउने अथवा यूनिभर्सिटि बनाउने भन्ने प्रष्ट हुन आवश्यक छ डाक्टर पन्तले भने–‘त्यसका लागि विज्ञको टोलि निर्माण गरिनु आवश्यक छ, सोही सुझावका आधारमा केन्द्रलाई दवाव दिनु पर्ने देखिनछ । उनले सवैको साझा प्रयास भएमा मेडिकल विश्वविद्यालय बनाउन सम्भव रहेको धारण राखे ।

यस्तै सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गणेशबहादुर सिंहले सुदूरपश्चिम प्रदेश स्वास्थ्य क्षेत्रमा निकै पछाडी रहेको बताउँदै प्रस्तावित मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयकारुपमा अगाडी बढाउनुपर्ने बताए । यसै प्रदेशका शेरबहादुर देउवा अहिले देशका प्रधानमन्त्री हुनुहुन्छ डाक्टर सिंहले भने–‘अहिले हामी सवै एकजुट भएर दवाव दिए विश्वविद्यालय बनाउन सकिनेछ ।

नेकपा एमालेका कैलाली सचिव रणबहादुर चन्दले यो, त्यो भन्ने बहानामा नअल्झेर तत्काल जे सकिन्छ त्यसैअनुसार सेवा सञ्चालन गरिनुपर्नेमा जोड दिए । कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणी भट्टले सवै विद्यार्थी संगठन एकजुट भई प्रस्तावित मेडिकल कलेजलाई सञ्चालन गराउन राज्यलाई दवाद दिनुपर्ने बताए ।

कैलाली उद्योग बाणिजयसंघका अध्यक्ष पुष्पराज कुँवरको अध्यतामा भएको कार्यक्रममा इन्सेकका खडकराज जोशी, नागरिक समाजका धर्मराज पाठक, प्रमोद पाठक, नेपाली कांग्रेस कैलाली जिल्ला सदस्य केशवराज मिश्र, बार एशोसियशन कैलालीका अध्यक्ष शिद्धराज ओझा, पर्यटन व्यवसायी मायाप्रकाश भट्ट लगायतले आआफ्नो धारणा राखेका थिए । कैलाली उद्योग वाणिज्यसंघका सचिव शिद्धराज पनेरुले कार्यक्रममा सहजिकरण गरेका थिए ।