धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

प्रदेशसभा सदस्य मालामति राना र कृष्ण चौधरी उपेन्द्र पक्षमा

प्रदेशसभा सदस्य मालामति राना र कृष्ण चौधरी उपेन्द्र पक्षमा

धनगढी । राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित कैलाली क्षेत्र नम्बर१ बाट निर्वाचित सुदूरपशिचम प्रदेशसभा सदस्य कृष्ण चौधरी र समानुपातिक प्रदेशसभा सदस्य मालामति राना महन्थ ठाकुरलाई छोडेर उपेन्द्र यादव अध्यक्ष हरेको जनता समाजबादी पार्टीमा लागेका छन् । 

विगतमा महन्थराजेन्द्र पक्षमा रहेका प्रदेशसभा सदस्य कृष्ण चौधरी र मालामती कुमारी चौधरी जसपा विभाजन पछि उपेन्द्र पक्षमा लागेका छन् । उनिहरुले बुधबार जसपाको वैठकमा भागलिदै महन्थ ठाकुर र राजेन्द्र महतोको साथ छोडेका हुन् ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकतापछि जसपा बनेको थियो । उनीहरू दुवैजनाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने समयमा एमालेको ओली समूहसँगै विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । उपेन्द्र यादवले पार्टी आधिकारिकता पाएसँगै उनीहरूले ठाकुरको साथ छाडेका हुन् ।

प्रदेशसभा सदस्य राना मंगलबार देखी काठमाडौंमा शुरू राजपाको केन्द्रीय कार्य समितिको प्रथम बैठकमा सहभागी भएकी छन् । अर्का सांसद चौधरीले स्वास्थ्य समस्या भएका कारण बैठकमा जान नसकेको बताए ।