धनगढी पोष्ट
बुधबार, ०२ भदौ २०७८ मा प्रकाशित
धनगढी । जनता समाजबादी पार्टीका नेता महन्त ठाकुरले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।
पार्टीको नाम जसपा लोकतान्त्रिक पार्टी राख्ने र चुनाव चिन्ह साईकल राख्ने गरी नयाँ दल दर्ताका लागि ठाकुरले आयोगमा निवेदन दिएका हुन् । आयोगले यसअघि जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादवलाई दिएको थियो । ठाकुर उक्त पार्टीको साधारण सदस्य मात्रै भएका थिए । त्यसअगाडि ठाकुर जसपा अध्यक्ष थिए ।
नयाँ दर्ता गरिएको जसपा लोकतान्त्रिक २४ सदस्यीय केन्द्रीय कार्यकारिणी हुने निर्वाचन आयोगमा पुगेका नेता राजेन्द्र महतोले पत्रकारहरूलाई बताए ।