धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

भीम रावल तठस्त बस्दा सुदूरपश्चिमका अधिकांस नेता तठस्त

भीम रावल तठस्त बस्दा सुदूरपश्चिमका अधिकांस नेता तठस्त

धनगढी । नेपापा एमाले विभाजन भएसंगै देशभर एमालेका नेता कार्यकर्ता पक्ष विपक्षमा खुल्न थालेका छन् । कतै एमालेबाट नयाँ पार्टी माधव समुहमा नेता गइरहेका छन् भने कतै माधव समुहमा रहेका नेता ओली समुहमा फर्केका छन् ।

सुदूरपश्चिमका केही नेता माधव समुमा लागेका छन् भने केही नेता संस्थापन पक्षमा रहेका छन् । तर अधिकांस नेता भने कतै पनि खेलेका छैनन् । सुदूरपश्चिममा एमोले उपाध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल तठूत बस्दा सुदूरपश्चिम प्रदेश सभामा यस अघि माधव समुहमा खुलेका १८ जना सांसद मध्य १६ जना कतै खुलेका छैनन् ।

यस अघि माधव नेपाल समुहमा रहेका सुदूरपश्चिम प्रदेशसका १७ जना प्रदेशसभा सदस्य मध्य बैतडीकी प्रदेशसभा सदस्य माया भट्ट र डोटीकी प्रदेसभा सदस्य पुर्णा जोशी मात्रै माधव समुहको केन्द्रिय कमिटिमा परेका छन् ।

अन्य प्रदेशसभा सदस्यले भने एमाले एकताको पक्षमा रहेको भन्दै कुनै पक्ष नरोजेको बताएका छन् । यस अघि केपि शर्मा ओली पक्ष्यमा रहेका ७ जना प्रदेशसभा सदस्य भने एमालेमा खलेका छन् ।

अधिकांश प्रदेश सांसदहरु रावलले लिने निर्णयअनुसार नै अगाडि बढ्ने तयारीमा देखिएका छन् । नेता रावलले एमालेमै रहने वा एमाले समाजवादीमा जानेबारे निर्णय नगर्दा अहिले अधिकांश प्रदेश सांसद मौन रहेको बुझिएको छ ।

संघिय सासदले पनि माधव समुहलाई छोडेका छन् । उपाध्यक्ष भीम रावलको तठस्त भूमीकाका कारण सुदूरपश्चिमबाट माधव नेपाल झनै कम्जोर बनेका छन् ।

सुदूरपश्चिम प्रदेशमा माधव समहले दुई जनाको मात्रै साथ पाएका छन् । डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद प्रेम आले र डडेल्धुराकी समानुपातिक सांसद निरादेवी जैरुमात्रै एमाले समाजबादी पार्टीमा अटाएका छन् ।

तर यस अघि माधव समूहमै रहेका एमाले उपाध्यक्ष भीम रावल, उनी निटका झपट रावल, दीपकप्रकास भट्ट, लक्ष्मीकुमारी चौधरी, लगायका सांसद भने एकताको पक्षमा रहने भन्दै माधव नेपालको पार्टीमा गएका छैनन् ।

प्रतिनिधिसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एमालेका १६ सांसद छन् । जसमध्ये विगतमा ओली पक्षमा ९ जना र माधव नेपाल पक्षमा ६ जना खुलेका थिए ।

यस अघि कैलालीबाट निर्वाचित नारदमुनि राना, बझाङका भैरवबहादुर सिंह, कञ्चनपुरका नरबहादुर धामी, बाजुराका लालबहादुर थापा, बैतडीका दामोदर भण्डारी, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी ओली पक्षमा लागेका थिए ।

उनिहरु अहिले पनि ओली पक्षमै रहेका छन् । यस्तै समानुपातिक तर्फका कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक ओली पक्षमा छन् ।

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशले प्रदेश सासंद र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनभित्र पार्टी छान्नुुपर्ने सुुविधा दिएको छ । २१ दिनपछि मात्रै एमालेमै रहने प्रदेश सांसद र एमाले समाजवादीमा जाने सांसदको टुंगो लाग्ने देखिन्छ ।