धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

पुँजीगत र चालु खर्च नछुट्याएरै आयो छ पालिकाहरुको बजेट

धनगढी

   जनताको सबै भन्दा नजीकको सरकारको रुपमा  रहेका कैलालीका वटा स्थानीय तहले डल्लो बजेट राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् पुँजीगत खर्च चालु खर्च नै नछुट्याएर उनीहरुले कार्यक्रम भने बनाएका छन्  

  जिल्लाका गौरिगंगा नगरपालिका, मोहन्याल गाउँपालिका, बर्दगोरिया गाउँपालिका जानकरी गाउँपालिका, घोडाघोडी नगरपालिका लम्कीचु्हा नगरपालिकाले योजना बाडफाँड नगरी बजेट मात्र ल्याएका छैनन्, बजेटको ठुलो हिस्सा डल्लो बनाएर (पछि कार्यपालिकाबाट खर्च सक्ने गरि ) पालिकाको परषिदमा पेश गरेका छन्

  डल्लो बजेट राखेका स्थानीय तहले नीति तथा कार्यक्रममा कुल बजेट विनियोजन गरे पनि चालुमा कति पूजिगत तर्फ कति बजेट रहने भन्ने समेत उल्लेख गरेका छैनन् ती स्थानीय तहले आगामी आर्थिक बर्षका लागि कुनै कार्यक्रम समेत निर्धारण गरेको पाइदैन गौरिगंगा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ७९ करोड ४० लाख ६३ हजार सय रुपैया बराबरको बजेट सार्वजनिक गरेको

   यसैगरी मोहन्याल गाउँपालिकाले ४६ करोड, ६६ लाख १९ हजार सय २० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकोमा बर्दगोरिया गाउँपालिकाले ३७ करोड, ३५ लाख ६९ हजार सय ७० रुपैंयाँ बराबरको बजेट विनियोजन गरेको हो

   कैलालीको जानकी गाउँपालिकाले ३७ करोड ८१ लाख हजार दुई सय ९० रुपैंयाँ बराबरको बजेट विनियोजन गरेको

  यसैगरी कैलालीको घोडाघोडी नगरपालिकाले पनि  आगामी आर्थिक बर्षको बजेटमा चालु पूजिगत रकम बाँडफाँड गरेको छैन घोडाघोडीले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि ८१ करोड बढीको बजेट विनियोजन गरेको

   कैलालीकै लम्कीचुहा नगरपालिकाले पनि आगामी आर्थिक बर्षका लागि ९५ करोड एक लाख ४३ हजार रुपैयाको बजेट प्रस्तुत गरिएकोमा रकम बाँडफाँड भने गरेको छैन