धनगढी पोष्ट
बिहिबार, ०३ भदौ २०७८ मा प्रकाशित
धनगढी । नेपका एमाले सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता भानुभक्त जैशीले आफु पार्टी एकताकै पक्षमा रहेको र तत्काल कुनै पक्षमा नहरको प्रष्टपारेका छन् ।
बुधबार माधवकुमार नेपालले दर्ता गरेको नेकपा एमाले समाजबादी पार्टीको केन्द्रिय सदस्यमा भानुभक्त जैशीको नाम समावे गरिएको थियो । तर त्यसको केही समयमै फेसबुक पेजमा स्टाटस राख्दै पूर्व वनमन्त्री समेत रहेका नेता जैशीले आफुलाई जानकारीनै नदिएर नाम राखिएको भन्दै आपत्ती जनाएका हुन् ।
उनले आफुलाई नसोधेरै नयाँ पार्टीमा नाम राखिएको भन्दै आपत्ती जनाएका छन् । आफु नेकपा एमाले एकताको पक्षमा रहेको र तत्काले कुनै पक्षमा नलागने उनको भनाई थियो । बझाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने नेता जैशी संसद विघटन पछि माधव समुहमा खुलेका थिए ।