धनगढी पोष्ट
बिहिबार, ०३ भदौ २०७८ मा प्रकाशित
धनगढी । गौरिफण्टा नाकामा वेहोस भएर ढलेका एक पुरुषको मृत्यु भएको छ ।
भारतको वनगाउँबाट आफन्त भेटेर फर्केनेक्रममा कञ्चनपुरको वेदकोट नगरपालिका–२ का ५५ बर्षिय रामदिन राना गौरिफण्टा नाकामा एक्कासी वेहोस भएका थिए । वेहोस भएपछि उनलाई अस्पताल लैजान एम्बुलेन्स बोलाइएको थियो । एक्मुलेन्स नपुग्दै बेहोस भएका रानाको मृत्यु भएको भित्रनर प्रहरी चौकीले जनाएको छ । रानाको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे आफन्तलाई खबर गरिएको प्रहरीले जनाएको छ ।