धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १४ जनामा संक्रमण पुटि भएको छ । बिहीबार सेती प्रादेशिक अस्पतालमा ९४ जनाको स्वाव परिक्षण गर्दा १४ जना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार बिहीबार ९ जना संक्रमित कोरोना निकोभएर घर गएका छन् । यसैगरी बिहीबार थप २ जना अस्पताल भर्ना भएका सुचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार हाल सेती अस्पतालमा ११ जना संक्रमित उपचाररत छन् । जसमध्ये १ जनाको आइसीयुमा उपचार भइरहेको छ ।