धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिमका ३० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका ३० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बिहीबार गरिएको पिसिआर परिक्षणमा २२ र एन्टिजेन परिक्षणमा ८ गरी ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार बिहीबार १ सय ७१ जनाको पिसिआर विधिबाट र ८ सय २७ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको हो । बिहीबार थपिएका संक्रमित संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४५ हजार ८ सय ८२ पगेकोछ ।

स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत २५ जना विरामी कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना निकोहुनेको संख्या ४५ हजार १ सय ६ पुगेको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण बिहीबार सम्म ५ सय ८० जनाको मृत्यु भएको छ । बिहीबार भने सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।