धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षणमा ३१ जनामा कोरोना संक्रमण पुष्टी

सेतीको परिक्षणमा ३१ जनामा कोरोना संक्रमण पुष्टी

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार शुक्रबार अस्पतालको प्रयोगशालामा १ सय ५१ जनाको स्वाव परिक्षण गरिएको थियो । जसमध्य ३१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

उनका अनुसार सेती प्रादेशिक अस्पतालको कोरोना कक्षमा बिहीबार १ जना भर्ना भएका छन् । यो संगै सेतीमा भर्नाभएका कोरोनाका विरामीको संख्या १३ पुगेको सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार शुक्रबार २ जनालाई अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ ।