धनगढी पोष्ट
शुक्रबार, ०४ भदौ २०७८ मा प्रकाशित
धनगढी । कञ्चनपुरमा आन्दोलनरत शिक्षक र प्रहरी विच झडप भएको छ ।
दरबन्दी मिलानको षियलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेस निकट शिक्षक संघले कञ्चनपुरको भीमदत्तनग नरपालिकाको कार्यालयमा तालावन्दी गरेको थियो ।
प्रहरीले नगरपालिकामा लगाएको ताला खोल्न खोजेपछि दोहोरो झडप भएको जनाइएको छ । झडपमा परेर दुवैतर्फका १५ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । ताला खोल्न खोजेपछि शिक्षकले जबरजसती गरेका थिए ।
स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले बताए । प्रहरीले आनदेलनमा हस्तक्षेप गर्नखोजेको भन्दै शिक्षकले महेन्द्रनगर बजार क्षेत्रमा नाराबाजी गर्नथालेका छन् ।