धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

गौरा पर्व सामुहिक रुपमा मनाउन नदिने प्रशासनको निर्णय

गौरा पर्व सामुहिक रुपमा मनाउन नदिने प्रशासनको निर्णय

धनगढी । कोरोना संक्रमणको तेश्रो भेरियन्ट फैलनथालेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सुदूरपश्चिमको महत्वपुर्ण पर्व गौरा लगायत अन्य सामुहिक रुपमा मनाईने पर्व मनाउन नदिने निर्णय गरेको छ ।

शुक्रबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले सामुहिक रुपमा मनाईने गौरा, तीज, लगायतका पर्वलाई घरमा सिमित बनाउने गरी मनाउन लगाइने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार सामुहिक रुपमा मनाईने गौरा, तीज लगायतका पर्वलाई घरमा मनाउन लगाउने निर्णय भएको छ । पछिल्लो समय कौरोना संक्रमण बढेको र सामुहिक रुपमा पर्व मनाउँदा संक्रमण अझै फलनसक्ने भन्दै समितिले सामुहिक पर्व मनाउन नदिने निर्णय गरेको छ सूचना अधिकारी जोशीले भने–‘नियम नमान्नेलाई कानूननीरुपमा कारवाही हुन सक्दछ ।