धनगढी पोष्ट
शुक्रबार, ०४ भदौ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिममा शुक्रबार थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार शुक्रबार प्रदेशका विभिन्न अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ४१ र एन्टिजेन परिक्षणमा २३ गरी ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार प्रदेशशमा २ सय २० जनाको पिसिआर विधिबाट र ७ सय ७९ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो । शुक्रबार थपिएका संक्रमित संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४५ हजार ढ सय ६४ पुगेको छ ।
यस्तै शुक्रबार सुदूरपश्चिमका विभिन्न अस्पतालमा उपचाररत ५४ जना कोरोना संक्रमण निकोभएर घरगएका छन् । यो संगै सुदूरपश्चिम प्रदेशका कोरोना निको हुनेनागरिकको संख्या ४५ हजार १ सय ६८ पुगेको छ ।
सुदूरपशिचममा कोरोना संक्रमणका कारण हाल सम्म ५ सय ८० जनाको मृत्यु भएको छ । शुक्रबारभने संक्रमण्का कारण मृत्यु हुनेको सुंख्या शुन्य रहेको छ ।