धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार अस्पतालमा १ सय १३ जनाको स्वाव परिक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि भएको अस्पतालमा सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार शनिबार अस्पतालमा उपचाररत ३ जना संक्रमित निकोभएर घर गएकाछन् भने २ जना नयाँ विरामी अस्पताल भर्ना भएका छन् ।

हाल सेती प्रादेशिक अस्पतालमा ११ जना विरामीको उपचार भइरहेकोमा २ जनाको आइसियु कक्षमा राखेर उपचार भइरहेको श्रेष्ठले बताए ।