धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिमका १५ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका १५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार शुक्रबार गरिएको पिसिआर परिक्षणमा १३ र एन्टिजेन परिक्षणमा २ गरी १५ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार १ सय ४ जनाको पिसिआर विधिबाट र ८ सय २९ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो । शनिबार थपिएका संक्रमित संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४५ हजार ९ सय ६१ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार सुदूरपश्चिमका विभिन्न अस्पतालमा उपचाररत ४६ जना कोरोना संक्रमण निकोभएर घरगएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण निकोहुनेको संख्या ४५ हजार २ सय १४ पुगेको छ । सुदूरपश्चिममा कोरोना संक्रमणका कारण शनिबार मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ ।