धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

एक बर्षमै प्रदेश सरकारको बेरुजु ५७ करोड नाघ्यो

एक बर्षमै प्रदेश सरकारको बेरुजु ५७ करोड नाघ्यो

धनगढी सुदूरपश्चिम प्रदेश सरकारको वेरुजु एक बर्षमै ५७ करोड बढी रहेको पाइएको छ । खर्च विवरणमा श्रोतनै उल्लेख नगरेर सुदूरपश्चिम प्रदेश सकारले आर्थिक बर्ष २०७७÷०७८ मा ५७ करोड ५१ लाख ५१ हजार खर्च गरेको महाँलेखा परिक्षकको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वाषिर्क लेखा परीक्षण प्रतिवेदनमा अनुसार आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश सरकारको बार्षिक बेरुजु ५७ करोड ५१ लाख ५१ हजार रुपैयाँ रहेको उल्लेख छ ।

प्रतिवेदन अनुसार प्रदेश सरकारको पेस्की बाहेकको बेरुजु मात्रै ४३ करोड छ । प्रदेश सरकारले आर्थिक  बर्ष २०७६÷०७७ सम्म ८८ करोड ८५ लाख १८ हजार रुपैयाँ मनलाग्दी खर्च गरेर बेरुजुमा देखाएको थियो ।

गत आर्थिक वर्षको ५७ करोड ५१ लाख ५१ हजार समेत जोड्दा प्रदेश सरकारको कुल वेरुजु एक अर्ब २३ करोड ३१ हजार रुपैयाँ पुगेको छ । जसमा पेश्की मध्येको मात्र ३६ करोढ ६६ लाख ७१ हजार रुपैयाँ असुल उपरक गर्न बाँकी रहेको महाँलेखाको प्रतिवेदनमा उल्लेख छ ।