धनगढी पोष्ट
आइतबार, ०६ भदौ २०७८ मा प्रकाशित
धनगढी । जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाबाट कामको शिलशिलामा अफगानिस्तान जाने नागरिकको तथ्याङ्क संकलन गर्न थालिएको छ ।
गृह मन्त्रालयको जिललाबाट अफगानिस्तानमा रहेका नागरिकको तथ्याङ्क संकलन गरेर पठाउन पत्र पठाएपछि जिलला प्रशासन कार्यालय बैतडीले तथ्याङ्क संकलन गर्नथालेको हो । तालिवानी समुहले अफगानिस्तानमा कब्जा गरेपनि त्यहाँ रहेका नागरिकले असुरक्षित हुन थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार अफगानिस्तानमा रहेका नागरिकको विवरण पठाउन जिल्लाका सबै स्थानीय तहहरुलाई पत्राचार गरिएको छ ।
अफगानिस्तानमा रहेका नागरिकको विवरण संकलन कार्य सोमबार भित्र गरिसक्ने गरी स्थानीय तहलाई जानकारी गराइएको सूचना अधिकारी भारतीले बताए । स्थानीय तहबाट प्राप्त ववरण गृहमन्त्रालयमा पठाइने उनले बताए ।