धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

अछाम रानीपोखरी पहिरोको अध्ययन गर्दै भु–गर्भविद

अछाम रानीपोखरी पहिरोको अध्ययन गर्दै भु–गर्भविद

धनगढी । अछामको मेल्लेख गाउपालिका५ विन्धेवासिनीको सरानी गाउँमा गएको पहिरोग्रस्त क्षेत्रको भूगर्भविद्को टोलीले अध्ययन सुरु गरेको छ । जलस्रोतविद् हाइड्रोलोजिस्ट इन्जिनियर राजेन्द्र शर्मासहितको टोलीले पहिरो गएको क्षेत्रको अध्ययन थालेको हो ।

भूगर्भविद्को टोलीले साविकको स्थानमा बस्न मिल्ने÷नमिल्ले अवस्थाको अध्ययन गरेको गाउँपालिकाका अध्यक्ष लोगबहादुर बोहराले जानकारी दिए । उक्त टोलीले बिस्तृत अध्ययनपछि प्रतिवेदन गाउँपालिकालाई हस्तान्तरण गर्ने छ ।

उक्त प्रतिवदेनकाआधारमा प्रभावित परिवारलाई अन्यत्र सार्ने कि के गर्ने भन्नबारेमा गाउँपालिकाले निर्णय लिने छ । बोहराले भने–‘बस्ती सानैपर्ने भए एकीकृत बस्ती बसाइने छ । बस्ती बसाउने काम आगामी असोज १ गतेबाट सुरु गरिने गाउँपालिकाको सोच रहेको पनि उनले बताए । सरानीखोलादेखि सुरु भएको पहिरो बस्तीमै पुगेको छ ।

पहिरोका कारण ५१ परिवार घर छोडेर पालमुनी सडकमा बसिरहेका छन् । गाउँको तलबाट पहिरो खसेपछि गाउँ नै जोखिममा परेको छ ।

१ सय ७ घरपरिवारको बसोबास रहेको सरानीमा ५३ घरधुरी उच्च जोखिममा छन् । पहिरो र गाउँको दुरी करिब सय मिटरको रहेको छ ।