धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

कञ्चनपुरका कुन पालिकामा कति छन् संक्रमित ?

धनगढी

 कञ्चनपुरमा हालसम्म दुई सय ६१ जना कोराना संक्रमित रहेका छन् । स्थानीय तहगत रुपमा सबै भन्दा बढी कृष्णपुर नगरपािलकमा १ शय ८ जना कोरोनालाई कोरोना संक्रमण भएको छ । कृष्णपुरमा बुधबार मात्र ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

  महाकाली नगरपालिकामा ९ जना, भिमदत्त नगरपालिकामा १७ जना, बेतकोट नगरपालिकामा १४ जना, शुक्लाफाँटा नगरपालिकामा २६ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै पुनर्वास नगरपालिकामा २७ जना, बेलौरी नगरपालिकामा २९ जना, लालझाडी गाउँपालिकामा १६ जना र बेलडाँडी गाउँपालिकामा १५ जनालाई कोरोना संक्रमण भएको  छ ।