धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

धनगढीमा  निसान र  ड्याट्सनको एक्सचेन्ज अफर शुरु हुँदै

कुनै पनि कम्पनीको  पुरानो मोडेलका कारहरु निसान र ड्याट्सनका कारहरुसँग आकर्षक सुविधा सहित एक्सचेन्ज गर्न पाइने छन् ।

धनगढीमा  निसान र  ड्याट्सनको एक्सचेन्ज अफर शुरु हुँदै

धनगढी । बिश्व प्रसिद्ध जापानी  ब्राण्ड  निसान र डयाट्सुनको धनगढीमा एक्सचेन्ज अफर भोलि (सोमबार) शुरु हुँदैछ । जीएआरएस ट्रेडिङले धनगढीको बोराडाडीमा  आकर्षक अफर सहित एक्सचेन्ज अफर शुरु गर्न लागेको हो ।

पाँच दिनसम्म सञ्चालन हुने अफरको अवधिमा  कुनै पनि कम्पनीको  पुरानो मोडेलका कारहरु निसान र ड्याट्सनका कारहरु एक्सचेन्ज गर्न पाइने छन् ।  एक्सचेन्जमा सहज फाइनान्सको  व्यवस्था छ ।  

एक्सचेन्ज अफरमा आकर्षक छुटका साथै तीन बर्षको वारेन्टी रहेको सुदुरपश्चिमको आधिकारिक बिक्रेता जीएआरएस ट्रेडिङ कन्सर्नले जनाएको छ ।

जीएआरएस ट्रेडिङ कन्सर्नका  अनुसार तत्कालै पुरानो कारको मुल्याङकन गरेर एक्सचेन्ज गर्न सकिने र कुनै पनि पुरानो कारको डयाट्सनसँगको एक्सचेन्जमा बिशेष  अफरको व्यवस्था रहेको छ ।

सो अवधिमा टेस्ट ड्राइभमा आकर्षक उपहारको व्यवस्था समेत गरिएको छ ।