धनगढी पोष्ट
सोमबार, ०७ भदौ २०७८ मा प्रकाशित
धनगढी । थारुवन प्रदेशको माग गर्दै थरुहट आन्दोलन हुँदा भएको टीकापुर घटनाको आज ६ वर्ष पुगेको छ ।
०७२ भदौ ७ गते अथात् आजकै दिन टीकापुरमा भएको उक्त घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र डेढ वर्षीय बालक टेकबहादुर साउँदको ज्यान गएको थियो।
थारू कल्याणकारिणी सभा कैलाली र थरूहट थारूवान मोर्चा कैलालीले टीकापुर विद्रोह दिवस मनाइरहेको छ । मोर्चाले कैलालीको लम्किस्थित बलिया चोक बाट निकालेको ¥याली टिकापुरको भल्का चौकसम्म पुग्ने थरुहट थारुवान मोर्चाका कैलाली संयोजक माधव थारुले बताए ।
यस्तै ८ गते साझ ८ बजे देखि आधा घण्टा जिल्लाव्यापी बत्ती निभाउने (ब्ल्याक आउट) थारूले बताए । यस्तै मोर्चाले काठमाडौंको माइतीघर मण्डलमा विभिन्न कार्यक्रमको आयोजना गरि तेस्रो चरणको आन्दोलन घोषणा गरि सकेको छ । टीकापुर घटनामा लगाइएका मुद्दा फिर्ता गर्न माग गर्दै तेस्रो चरणको अभियानअन्तर्गत विरोधका कार्यक्रम सुरु गरिएको मोर्चाले जनाएको छ ।