धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

सेती अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सेती अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

धनगढी धनगढी स्थित सेती प्रादेशिक अस्पताललाई २१ लाख ३४ हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

कोर्डाइडको आर्थिक सहयोगमा लुथरन विश्व फेडेरेसन नेपाल र दिगो विकास समाज भजनीको संयुक्त साझेदारीमा सञ्चालित कोभिड१९ इमरजेन्सि रेस्पोन्स फर नेपाल हेल्थ परियोजनाले सो स्थास्थ्य सामाग्री हस्तान्तरण गरेकोहो ।

प्रादन गरिएका सामाग्रीहरुमा अक्सिजन सिलिण्डर ३५ थान, एन्टिजेन किट ५ सय, पिसिआर भिटिएम किट १५ सय, पिपिई २ सय सेट र  गाउन २ सय ७५ थान रहेका छन् ।

सो स्वास्थ्य सामाग्री सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का र दिगो विकास समाजका अध्यक्ष रामबहादुर सुनारले सेती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट  डाक्टर अशोक श्रीपाईलीलाई हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोना संग लड्न सवै संघ सस्थासंग सहकार्य गरिने बताए । स्वास्थ्य क्षेत्रमा काम गर्ने धेरै संघ संस्था रहेको बताउँदै मन्त्री खड्काले ती संघ संस्था संग सहकार्य गर्दै सुदूरपश्चिममा कोरोना नियन्त्रण अभियानमा जुट्ने बताए ।