धनगढी पोष्ट
सोमबार, ०७ भदौ २०७८ मा प्रकाशित
धनगढी । सोमबार सुदूरपश्चिम प्रदेशका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार सोमबार गरिएको एन्टिजेन परिक्षणमा १४ तथा पिसिआर परिक्षण्मा ४ गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएकोहो ।
सोमबार ७ सय ४२ जनाको उन्टिजेन विधिबाट र ३२ जनाको पिसिआर विधिबाट गरी ७ सय ७४ जनाको कोरोना परिक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
सोमबार थपिएका संक्रमित संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४६ हजार ३८ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५१ जना कोरोना निकोभएर घरगएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण निकोहुनेको संख्या ४५ हजार ३ सय ३५ पुगेको छ । सुदूरपश्चिममा हाल सम्म कोरोना संक्रमणका कारण ५ सय ८० जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबारभने कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ ।