धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

निसर्ग हस्पिटलद्वारा वडिमालिका जाने भक्तजनको निशुल्क उपचार

निसर्ग हस्पिटलद्वारा वडिमालिका जाने भक्तजनको निशुल्क उपचार

धनगढी । प्रशिद्ध धार्मिक स्थल बडिमालिकाको दर्शन गर्न जाँदा बाटोमा स्वास्थ्य समस्या भएका भक्तजनको धनगढी स्थित निशर्ग हस्पिटलले निशुल्क औषधी गरेकोछ ।

उच्च लेकाली भेगमा रहेको बडिमालिका यात्रा गर्न निक्कै कठिन हुने गर्दछ । बडिमालिकामा जाँदा धेरै नागरिकलाई लेक लाग्ने, खुट्टामा समस्या आउने, स्वासप्रश्वासमा समस्या आउने, पेट दुख्ने, ज्वरो आउने जस्ता समस्या देखापपर्ने गर्दछन् । भक्तजनहरुकोे सोही समस्यालाई मध्यनजरदर्गै निर्शग हस्पिटल धनगढीले बडिमालिकामा निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको निशर्ग हस्पिटलका सञ्चालक बहादुर कुवेर शाहीले बताए ।

समुन्द्र सतहदेखी ४२०० मिटरको उचाईमा रहेको सुदुरपश्चिमको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बडिमालिका माताको दर्शन र बडिमालिका भ्रमणका क्रममा उचाईका कारणले हुने स्वास्थ्य समस्यालाई मध्यनजरगर्दै हामीले निशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेकाहौं सञ्चालक कुँवरले भने–‘ज्वरो, रुघाखोकी, दुखाइ, पखाला, पेट दुख्ने, ग्यास्ट्रीक, मास्क, सेनिटाईजर, ब्याण्डेज, ह्यान्डप्लास्ट, चोटपटकको औषधि, दुखाईको स्प्रे÷मलम लगायत आवस्यक पर्ने सम्पुर्ण औषधिहरु निसर्ग हस्पिटल धनगढीले वितरण गरेको छ ।

उनका अनुसार बडिमालिमा यात्रा गर्ने क्रममा स्वास्थ्यमा समस्या देखापरेका ४० जनालाई हस्पिटलले निशुल्क औषधी वितरण गरिएको हो । यसैगरी कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै ६ सय जनालाई मास्क वितरण गरिएको संचालक शाहीले बताए । निशर्ग हस्पिटल सधै यहाँका नागरिकको साथमा रहदैआएकोछ शाहीले भने–‘हामी सामाजिक जिम्मेवारी पनि बहन गर्दैआएका छौं त्यहीक्रममा बडिमालिका जाने भत्तजनको स्वास्थ्य उपचार गरिएकोहो ।

उनका अनुसार हसिपटलले लगेको बाँकी औषधी बडिमालिकामा सवास्थ्य सेवा प्रदान गर्दैआएको कालिकोटको रास्कोट अस्पतालका डाक्टर भोजराज बम सहितको प्राविधिक टिमलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गरिएके औषधीमा ४ पेटि औषधि र २ हजार पिस मास्क रहेका थिए ।

रास्कोट अस्पतालको टिमले त्रीवेणी धाम र बडिमालिका मन्दिर परिसरमा करिब ३ सय जनालाई चेकजाँच र औषधि वितरण गरेको डाक्टर भोजराज बमले बताए । बडिमालिकामा जाने यात्रुलाई स्वास्थय समस्या नहोस् भन्ने बाजुरा जिल्ला अस्पतालको चिकित्सकीय र प्राविधिक टिम पनि औषधि सहित बडिमालिका पुगेको थियो ।