धनगढी पोष्ट
मङ्गलबार, ०८ भदौ २०७८ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार मंगलबार गरिएको पिसिआर परिक्षणमा ५५ र एन्टिजेन परिक्षणमा ६ गरी ६१ जनामा कोरोना संक्रमण पुष्टि भएकोहो ।
स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार २ सय ६७ जनाको पिसिआर विधिबाट र ५ सय ४७ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो । मंगलबार थपिएका संक्रमितको संख्या संगै सुदूरपश्चिममा कोरोना संक्रमण हुनेको कुल संख्या ४६ हजार ९९ पुगेकोछ ।
स्थास्य निर्देशनालयका अनुसार मंगलबार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १३ जना कोरोना संक्रमण निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना निकोहुनेको संख्या ४५ हजार ३ सय ५५ पुगेकोछ ।
कोरोना संक्रमणकाकारण सुदूरपश्चिममा मंगलबार १ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएकोछ । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टिहुको कुल संख्या ५ सय ८१ पुगेको निर्देशनालयले जनाएकोछ ।