धनगढी पोष्ट
बुधबार, ०९ भदौ २०७८ मा प्रकाशित
धनगढी । बालिकालाई मोटरसाईकलमा घर पु¥याइदिने आस्वासन दिएर बलात्कार गरेको आरोपमा अछामबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अछामको पन्चदेवल विनायक नगरपालिका ६ का अन्दाजी २४ वर्षीय जनक बटाला र सोही ठाउँका २५ वर्षीय महेन्द्र रावल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार भदौ ५ गते विनायक बजारबाट घर पुगाइदिने भन्दै मोटरसाइकलमा लगेर दुवै युवकले बालिकालाई बलात्कार गरेको आरोप लागेकोछ । बालिकाको जाहेरीपछि दुवैजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकोछ ।